इंग्ल्यान्डले पहिलो टेस्टको पाँचौं दिन सोमबार श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डले तीन विकेट गुमाएर ३८ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र उसलाई जितका लागि ३६ रन चाहिएको थियो ।
जोनी बियरस्टो र डन लरेन्सले थप क्षति हुन दिएनन् र बिहान ३५ मिनेटको खेलपछि टिमलाई जितसम्म पुर्याए । बियरस्टो ३५ रन बनाएर नटआउट रहे भने लरेन्सले २१ रनको योगदान दिए । यसअघि इंग्ल्यान्डले १४ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो ।
बियरस्टो र लरेन्सले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे र अन्त्यमा इंग्ल्यान्ड सजिलो जित निकाल्न सफल रह्यो । इंग्लिस कप्ता जोए रुट खेलका ‘म्यान अफ द म्याच’ भए । उनले इंग्ल्यान्डको पहिलो इनिङ्समा शतक प्रहार गरेका थिए ।
यससँगै इंग्ल्यान्ड दुई टेस्टको शृंखलामा १–० को अग्रता लिन पनि सफल रह्यो । दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।
