नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग क्रिकेटमा पर्थ स्कोचर्सविरुद्ध २ विकेट लिएका छन्।
जारी खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २७ रन खर्चेर २ विकेट लिएका हुन्।
सन्दीपले ओपनिङ ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई डेविन मलानको हातबाट क्याच आउट गराएका हुन्। लियामले १५ बलको सामना गर्दा २ छक्का र २ चौका हान्दै २६ रन जोडेका थिए।
यस्तै मिशेल मार्सलाई एलबीडब्लु धरापमा पारे। यसअघिका २ खेलमा लगातार विकेट विहिन रहेका सन्दीपले आजको खेलमा २ विकेट लिए।
