काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले बढेर तोलामा ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।
त्यसैगरी मंलबार चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
