काठमाडौं – इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक एनआइबिएलएस क्यापिटलका अनुसार शुक्रबार बाँडफाँड गर्नेगरी नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागिएको छ। बोर्डबाट सोही प्रस्ताव अनुमति भएमा शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख ५० हजार ९१ जनाले आवेदन दिएका छन् । जसमा १८ करोड २७ लाख ९९ हजार ९५० कित्ताका लागि आवेदन परेको छ । कुल १८ अर्ब २७ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । भेरिफाइ गर्दा यसमा केही हेरफेर हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । करिब ५० कित्ता सेयर सबै आवेदकले पाउने देखिएको छ ।
बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
