प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ फाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै पुलिसले मात्र १७३ रन बनायो । पुलिसका लागि पवन सरार्फले ६१ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउन सफल भए । त्यस्तै रासिद खानले ३४ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान गरे ।

बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । कमल ऐरी, अविनास बोहोरा र कप्तान शरद भेषवाकरले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै भुवन कार्कीले ४२ रन र सन्दीप जोराले ३४ रनको योगदान गरे ।

बलिङतर्फ पुलिसका लागि आरिफ शेखले सार्वधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभर सहित ३१ रन खर्चिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलले २/२ विकेट लिए ।

आजको जितसँगै एपीएफले अब उपाधिका लागि वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको