काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ सयले घटेर तोलामा ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी विहिबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
