काठमाडौँ – नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपिओ बाँडफाँट आज गरिएको छ । आज शुक्रबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयका भएको बाँडफाँटमा १४ लाख ७५ हजार ८ जनाले आइपिओ हात पारेका छन् ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका छन् ।
त्यसैगरी ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर पाएका छन् ।
३४ हजार ३० जना आवेदकले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ११ लाख ९४ हजार ४ जनाले ५० कित्ता शेयर हात पारेको बिक्री प्रबन्धले जानकारी दिएको छ ।
४ लाख ९२ हजार ७७ जना भाग्यभानी आवेदकले भने थप १० कित्ता शेयर हात पारेका छन् । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
आइपिओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।
बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजीको २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
त्यसमध्ये १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो।
