काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।
यता चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य ८० रुपैयाँले बढेर १ हजार ४०० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
