काठमाडौँ – नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धि ३ दिने कार्यक्रम सम्पन्न भएको छ कम्पनीले माघ १५ गते देखि १७ गते सम्म सो तालिमको आयोजना गरेको हो।
कन्चनपुरको महेन्द्रनगर स्थित होटल न्यू चेतनमा सम्पन्न कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरु लगायत स्थानिय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल कृषि प्रधान देश भएकाले नेपालमा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने कार्यमा कृषि तथा पशुपन्छी बीमाले महत्वपुर्ण भुमिका खेल्ने हुँदा सहभागीहरुलाई आ–आप्mनो कार्यक्षेत्रमा गई कृषि तथा पशुपन्छी बीमा सम्बन्धी ग्रामिण स्तरका कृषकहरु सम्म पहुँच पु¥याउन सकेमा सुदुर पश्चिम क्षेत्रका कृषकहरु लाभान्वित हुने कुरामा प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर शाहले जोड दिए ।

कार्यक्रममा हेल्पटास कन्चनपुर जिल्लाका प्रमुख श्री टेक बहादुर सिंहले कृषि बीमा सम्बन्धमा प्रदेश सरकारबाट भए गरेका कार्यहरु, आधुनिक कृषि प्रणाली तथा कृषि तथा पशुपन्छी बीमाको नीतिगत, निहेतगत तथा सुचनामुलक समस्याहरु बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहले प्रमाणपत्र वितरण गर्नुको साथै भने कार्यक्रम संचालन कम्पनीका मुख्य प्रबन्धक श्री चन्द्रनाथ उप्रेतीले गरेका थिए ।
