काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९२ हजार मा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज (बुधबार) तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
