काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा १ हजार १ सय रुपैंयाँले घटेको हो । आज पनि १ हजार १ सयले घट्दै सुन प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैंयाँ रहेको छ ।
यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार २९० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
