आइपिएल क्रिकेटको सिजन २०२१ को अक्सनका लागि नेपालका ८ खेलाडी दर्ता भएका छन्। आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो ।
दर्ता भएका खेलाडीको नाम भने अहिले सार्वजनिक गरिएको छैन। नेपालबाट ८ खेलाडीसहित जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्। जसमा ८१४ जना भारतीय खेलाडी छन् भने २८३ जना विदेशी खेलाडी छन्। आइपिएलको अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुनेछ।
आइपिएल २०२१ मा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने नयाँ टिममा आबद्ध हुन सक्ने अनुमान गरिएको छ। सन्दीपलाई दिल्ली क्यापिटल्सले यहि सिजनदेखि रिलिज गरेको थियो।
अक्सनका लागि दर्ता भएका खेलाडीहरु :
