काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १५० रहेको छ ।
त्यसै आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
