काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मुल्यमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा नै कारोबार भएको थियो ।
त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रहेको छ ।
त्यसैगरी आज चाँदी पनि स्थिर रहदै प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
