काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार रहेको छ ।
त्यसैगरी आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
