काठमाडौं – निफ्राको सेयर आइतबारदेखि बजारमा किनबेच गर्न पाइने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको हो ।
नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्युनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने बताएको छ ।
नेपालको इतिहासमै सबैभन्दा ठुलो आईपीओ जारी गरेको इन्फ्रास्टक्चरको पुँजी २० अर्ब पुगेको छ । बैंकले ८ अर्बको आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । आवेदन दिएका सबैले ५० कित्ता र केहीले गोलाप्रथाबाट ६० कित्ता सेयर हात पारेका थिए ।
