काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) पनि सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलामा १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
