काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रहेको छ ।
यस्तै आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलामा १३ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
