काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । सुन आज प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको मूल्य मा समेत गिरावट आएको छ । हिजो प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर एक हजार ३४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
