काठमाडौं मेयर कप क्रिकेट फागुन २२ गतेबाट गर्ने तयारी, पाँच टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट गर्ने तयारी गरेको छ।

क्यानले यसअघि मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि काठमाडौं महानगरपालिकासँग सम्झौता गरे पनि मिति तय गरेको थिएन। बुधबार क्यानले प्रतियोगिताको स्वरूप, मिति र सहभागी टिमको नाम सार्वजनिक गरेको छ।

एक दिवसीय प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने क्यानले जानकारी दिएको छ। फागुन २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्ने छन्। राउन्ड रोविन लिगमा एक टिम चार खेल खेल्नेछ। लिगको शीर्ष स्थानमा दुई टिमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेका चार टिम र काठमाडौं महानगरपालिकाको एक टिम गरी पाँच टिमले प्रतिस्पर्धा गर्ने छन्। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको अन्तिम चारमा त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूबाट छनोट गरी काठमाडौं महानगरपालिकाको टिम बनाइने क्यानले जनाएको छ। प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रूपैयाँ सहयोग गरेको छ।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको