काठमाडौँ -नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
