प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले जेलमा बस्दा चाणक्य नीतिमात्रै पढेका कारण सधैँ जालझेल र ‘फुटाऊ र राज गर’को नीति अवलम्बन गरेको गरेको बताएका छन्।
आज ललितपुरको जाउलाखेलमा नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले क्षमता भनेकै भ्रम सिर्जना गर्ने भएको बताएका हुन्। ‘विचार, सिन्दान्त, निष्ठा, इमान्दारितामा ओलीको एक पैसाको पनि क्षमता छैन। बेइमानी, जालझेल, छलकपट, फुटाऊ, शासन गर भन्ने उनको क्षमता हो’, प्रचण्डले भने, ‘जेलमा चाणक्य नीतिबाहेक जेलमा केही पनि पढेनछन्।’
उनले ओलीले महाभारत र चाणक्य नीतिमात्रै पढेको र सकुनीको भूमिका एकदमै मन पराउने गरेको बताए। उनले अहिले ओली पनि सकुनीको भूमिकामा रहेको बताए।
