काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) सुनको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोलाको ८६ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
