काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर तोलामा ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।
यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलामा १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
