काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो ।
शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै आइतबार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमै कारोबार भएको छ ।
