नेपाली बजारमा आज (सोमबार) नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यथावत रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला ८६ हजार १५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
