काठमाडौँ – चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा १५ करोड ५३ लाख बढिको चाँदीका गरगहना निर्यात भएको भन्सार विभागको फागुन सम्मको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार नेपालबाट अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, जर्मनी, हङकङ, इटाली, जापान, नेदरल्याण्ड, पोर्चुगल, सिंगापुर, ताइवान, बेलायत, रसिया लगायतका देशहरूमा चाँदीका गरगहनाहरू निर्यात भएको छ ।
उक्त देशहरूमा चालु आर्थिक वर्षको फागुन महिना सम्ममा १५ करोड ५३ लाख ५० हजार रुपैयाँ बराबरको ४१२ केजी चाँदीको गरगहना निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
