काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२९ अंकले घटेको छ । नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २५४८.९६ अंकमा कायम भएको छ ।
बिहीबार २०८ वटा कम्पनीको १ करोड २५ लाख १८ हजार कित्ता सेयर ७४ हजार ६५८ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
व्यापार, होटेल तथा पर्यटन र लगानी समूह क्रमशः १७४.८८, १५४.०७ र १.१९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १६९.८ अंकले घटेको छ । त्यस्तै बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत ४४.२९, वित्त २.८८ र निर्जीवन बिमा समूह ५४.१५ अंकले घटेको छ । उत्पादन समूह, लघुवित्त समूह र अन्य समूह क्रमशः ४९।६३, ४७।५४ र ३७।२२ अंकले घटेको छ ।
बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने अपर तामाकोशी हाइड्रोपावरको २६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो नम्बरमा देखिएको छ । बैंकको १४ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल बंगलादेश बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.१४ प्रतिशतका दरले गुमाएका छन् ।
