काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यावसाय संघका अनुसार आज छापावाला सुन तोलामा छ सय रुपैयाले घटेको हो ।
छापावाला सुन आज नेपाली बजारमा ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज १२ सय ३० रुपैयाँले कारोबार भइहेको छ ।
