काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९ सयले बढेर ८७ हजार ४ सयमा कारोबार भइरहेको छ । विहिबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९५० रहेको छ ।
यस्तै आज चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर तोलामा १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
