गर्मी मौसममा कसरी शीतलता महशुस गर्ने ?

काठमाडौँ – गर्मी मौसममा बढ्दो तापक्रमले सबैजनालाई थकित महशुस गराउनु साथै पसिना आउने हुन्छ । त्यसैले हाईड्रेटेड रहन निकै महत्वपूर्ण हुन्छ । अत्याधिक पसिनाको कारण तपाईको शरीरले छिटो पानी गुमाउँछ । तिर्खा मेट्न पानी सबैभन्दा महत्वपूर्ण पेय भएता पनि अन्य पेय पदार्थहरू प्रयोग गर्न सक्नुहुनेछ जसले तपाईंको तिर्खा मेट्ने मात्र नभएर तपाईंको शरीरलाई शान्त पनि राख्दछ । जानौँ गर्मी मौसममा कस्ता पेय पदार्थहरु पिउन सकिन्छ ।

१) जल जीरा

जलजीरालाई जीरा र पानीको प्रयोग तयार गरिन्छ । जीरालाई भुटेर मोटो पाउडर बनाएर पानीमा मिसाइन्छ । स्वादको लागी यसमा विरे नुन, कागती र थोरै मात्रामा मरिच मिसाउन सकिन्छ । यो मिश्रण पाचन समस्यासँग हुने व्यक्तिहरूको लागि उत्तम पेय हो, विशेष गरेर गर्मीको समयमा । केहि टुक्रा आइस राखेर जलजीरा पिउनाले गर्मीमा शितलता प्रदान गर्नुको साथै तौल नियन्त्रणमा पनि मद्दत गर्छ ।

२) सातुको सर्वत

जौ, मकै, भटमास, चना जस्ता अन्नलाई भुटेर पिसेर सातु बनाइन्छ । यो एक पौष्टिक आहार पनि हो । सातुलाई पानीमा घोलेर पिउनाले शरीरलाई शीलत राख्न मद्दत गर्छ । यो आडिलो पनि हुने गर्छ जसले भोक र प्यास दुबैलाई मेटाउन मद्दत गर्छ । सातुलाई चिसो पानीमा घोलेर केहि टुक्रा आइस र स्वाद अनुसार चिनी र चिया मसला राखेर पिउन सकिन्छ ।

३) नरिवल पानी

नरिवलको पानीले गर्मी मौसममा शितल हुन मद्दत गर्छ । काँचो नरिवलको पानी र क्रिमलाई केहि टुक्रा आइस राखेर मिक्सरमा पिसेर पिउन सकिन्छ । यसले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्नुको साथै यो स्वादिलो पनि हुन्छ ।

४) उखुको जुस
स्वास्थ्यवद्र्धक र स्वादिलो फलफूलको जुसको रुपमा उखुको जुसलाई लिइन्छ । उखुको जुसले शरीर हाइड्रेट गर्ने मात्र नभएर स्पूmर्ति बढाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन साथै पाचन प्रणालीमा सुधार ल्याउन मद्दत गर्छ । थप स्वादको लागी पुदिना र विरे नुन राखेर उखुको जुस पिउन सकिन्छ ।

५) लस्सी
दहिमा फलफूल साथै चिया मसला, चिनी, ड्राई फ्रुट थपेर मिक्सरमा पिसेर लस्सी बनाउन सकिन्छ । लस्सी निकै स्वादिलो, आडिलो र सर्वाधिक रुचाइने पेय पदार्थ हो । यो स्वास्थ्यवद्र्धक पनि हुन्छ ।

६) कागती पानी
पानीमा कागती र विरे नुन वा चिनी मिसाएर कागती पानी बनाउन सकिन्छ । केहि टुक्रा आइस र केहि पत्ता पुदिनाले यसमा ताजगी थप्ने काम गर्छ ।

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको