काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेर ८९ हजारमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तोलाको ८८ हजारमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रहेको छ ।
त्यसैगरी आज चाँदीको पनि मूल्य बढेको छ। चाँदी आज प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
