काठमाडौं – आईपीएलको १४ औँ संस्करण आजदेखि सुरू हुँदैछ । यो पटक उद्घाटन म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र गत सिजनको विजेता मुम्बई इण्डियन्स खेल्ने छन् । हालसम्म मुम्बईले पाँच पटक उपाधि जितेको छ । आरसीबीले भने एक पटक पनि उपाधि हात पार्न सकेको छैन ।
यो पटक पनि आरसीबीमा केही चर्चित क्रिकेटर जोडिएका छन् । ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ । मुम्बईले यो पटक अक्सनबाट पियूष चावला, जिमी नीशम, एडम मिल्नेलगायतलाई अनुबन्ध गरेको थियो ।
आरसीबी र मुम्बईबीचको पहिलो म्याच आज शुक्रबार नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।
गत सिजनको आईपीएल कोरोना कारण यूएईमा भएको थियो । यो पटक आईपीएलमा बीसीसीआईले केही नियम परिवर्तन गरेको छ ।
