नेपाल इन्स्योरेन्सको ७२ औं साधारण सभा सम्पन्न, यस्ता छन् उपलब्धिहरू

काठमाडौँ – नेपालको पहिलो बीमा कम्पनीको रुपमा रहेको नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा शुक्रबार एयरपोर्ट होटल सिनामङ्गलमा एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

सभामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति बमोजिमका जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गर्नुका साथै भर्चुअल मार्फत समेत प्रयोग गरिएको थियो ।

कम्पनीले आर्थिक वर्ष ०७६/०७७ मा हासिल गरेका उपलब्धीहरु यस प्रकार छन ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी  १,१५,०३,१३,४८६।–को ८ प्रतिशतका दरले हुने वोनश शेयर ९,२०,२५,०७९।– ( नौ करोड बीस लाख पच्चिस हजार उनासी) तथा नगद लाभांश (वोनश शेयरमा लाग्ने कर सहित) २ प्रतिशतले हुने २,३०,०६,२७०।–(दुई करोड तीस लाख छ हजार दुई सय सत्तरी) वितरण गर्र्नेे प्रस्तावलाई साधारण सभामसर्बसम्मतीले पारित गरेको छ । तत्पश्चात कम्पनीको चुक्ता पूजीँ १,२४,२३,३८,५६५। (एक अरब चौबिस करोड तेईस लाख अड्तिस हजार पाँच सय पैसठ्ठी) पुग्नेछ ।

आर्थिक वर्ष ०७६/०७७ मा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस का कारण उद्योग, व्यापार वित्तीय क्षेत्र लगायत होटल, यातायात, पर्यटन तथा अन्य क्षेत्रमा परेको प्रभाव बीमा क्षेत्रमा पनि प¥यो । कोरोना भाईरस संक्रमणका कारण कम्पनीको सम्पति बीमा, मोटर, सामुन्द्रिक, ईन्जिनियरिङ्ग बीमामा प्रत्यक्ष असर परेको छ भने अन्य बीमा व्यवसायहरुमा समेत आशिंक प्रभाव परेको छ । कोरोना महामारीले विश्वलाई नै अक्रान्त पारेको अवस्थमा कम्पनीले आगामी दिनमा सुरक्षाका उपाय, सुचना प्रविधिको उच्चत्तम प्रयोग र भवितब्यबाट पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्ने गरीे आफ्नो रणनीती तयार गर्दै लगेको छ ।

कम्पनीले आफ्ना बीमितहरु, लगानीकर्ता, नियमनकारी निकायहरु तथा कम्पनीको संचालक समितिको मार्ग निर्देशन र कर्मचारीहरुको उत्कृष्ट कार्य सम्पादन, प्रविधिको उच्चत्तम प्रयोग तथा व्यापक शाखा सञ्जाल बिस्तार गरि बीमा शुल्क आर्जन, चुक्ता पुँजि, लगानी तथा नाफामा समेत बृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गर्दै जनाएको छ ।

कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहर बाट वीमा सेवा प्रदान गर्दै आएको र आबश्यकता अनुसार थप शाखा सञ्जाल बिस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने लक्ष्य लिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको