काठमाडौं – भारतमा जारी आइपीएल टी ट्वान्टी क्रिकेटमा दिल्लीले चेन्नईलाई ७ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो।
एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो। दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ८५ रन र पृथ्वी शाले ७२ रन बनाए।
दिल्लीका क्रिस वोक्स र अभेष खानले समान दुई-दुई विकेट लिए।
