काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ८९ हजार ६ सयमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन तोलाको ८९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० मा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
