यस वर्षको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज (मंगलवार) छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । हिजो सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी प्रति तोला १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
