काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९० जनामा र ५ सय ६४ जनामा गरिएको एन्टीजेन परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ सय ५७ जना डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ।
