काठमाडौँ – खाने तेलको मूल्य फेरि बढेको छ। बजारमा खाने तेलको मूल्य लिटरमै १० देखि १५ रुपैयाँ बढेको हो। केही दिनअघि प्रतिलिटर २३५ देखि २४० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जानकारी दिएको छ।
यसअघि लिटरको २१५ देखि २२० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३० सम्म पुगेको छ।
संघका अनुसार तोरीको तेलमा पनि ब्राण्डअनुसार १० देखि १५ रुपैयाँ बढेको छ। तेल प्रसोधन उद्योगीहरुले कच्चा पदार्थको मूल्य वृद्धि भएकै कारण तेलको वृद्धि भएको बताएको छ।
