काठमाडौं – नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ। आज हुने खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १:१५ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ।
नेपाल क्रिकेट संघ क्यानका प्रबन्धक रौनक मल्लले कोभिड संक्रमण फैलन नदिन मैदानमा सबै सुरक्षा सावधानीहरु अपनाउने बताएका छन्।
‘कोभिड १९ बिच प्रतियोगिता आयोजना चुनौतीपूर्ण नै छ। त्यसैले प्रोटोकलहरुमा हामीले विशेष जोड दिएका छौं,’ उनले भने, ‘हामीले टिकटहरु अनलाइन गरेका छौ। मास्क अनिवार्य गर्नेछौं। ‘ओभर क्राउड’ हुन दिने छैनौ।’
