काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ३०० रुपैयाँले घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
