काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) पनि सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार २ सयमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ ।
यस्तै आज चाँदी पनि प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला १३३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
