काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९१ हजार ७ सयमा कारोबार भइरहेको छ । विहिबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
