देशभर आज २५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६ जना रहेको छ ।
यस्तै आज थप ४१० जना निको भएर डिस्चार्ज भएका छन् । यस अवधिमा ५ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।
