काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुन मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रति तोला ९१ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्यमा पनि गत आइतबारकै मूल्य १३१० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ।
