देशभर पछिल्लो २४ घण्टामा ८६५९ जना कोरोना संक्रमित थपिएका छन् । २० ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । काठमाडौं उपत्यकामा ३ हजार ८३५ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन्।
यस्तै १९९३ जना निको भएर डिस्चार्ज भएका छन् ।
