काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तोलाको ९० हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
