काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर ९१ हजार ७ सयमा कारोबार भइरहेको छ । विहिबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैँयाले बढेर तोलामा १३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
