अबदेखि सरकारी डाक्टरले निजी अस्पतालमा काम गर्न नपाउने

काठमाडौं – सरकारले असारदेखि ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने तयारी गरेको छ । राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति गृह, भरतपुर अस्पताल चितवन, गजेन्द्रनारायण निधि अस्पताल र डडेल्धुरा अस्पताललगायतका झण्डै एक दर्जन अस्पतालमा यो कार्यक्रम लागू गर्ने तयारी अन्तिम चरणमा छ ।

सरकारले बनाएको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ अनुसार यो कार्यक्रम लागू भएका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले अन्य अस्पतालमा काम गर्न पाउने छैनन् ।

अन्य अस्पतालमा काम गरेको पाइए अतिरिक्त भत्ता र अन्य सुविधा असुल उपर गरी कानुन बमोजिम कारबाही हुने कार्यविधिमा उल्लेख छ ।

कार्यक्रम लागू भएका अस्पतालहरुमा न्यूनतम सेवा मापदण्ड (मिनिमम सर्भिस स्ट्यान्डर्ड–एमएसएस) अनुसार त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले पारिश्रमिक एवं सेवा सुविधा पाउनेछन् । त्यसका लागि न्यूनतम सेवा मापदण्डको मूल्यांकन चार–चार महिना गरिने व्यवस्था कार्यविधिमा गरिएको छ ।

अस्पतालहरुमा मिनिमम सर्विस स्ट्यान्डर्ड (एमएसएस) स्कोर ८० प्रतिशत वा सो भन्दा माथि भएमा वा पछिल्लो स्कोरमा २५ प्रतिशत आएमा १०० प्रतिशत भत्ता स्वास्थ्यकर्मीले पाउनेछन् । एमएसएस स्कोर ६० देखि ८० प्रतिशत वा पछिल्लो स्कोर २० प्रतिशत बढी आएमा ७५ प्रतिशत भत्ता दिइने व्यवस्था उक्त कार्यविधिमा छ । एमएसएस स्कोर ४० देखि ६० प्रतिशत भएमा वा पछिल्लो स्कोर १५ प्रतिशत बढी आएमा ५० प्रतिशत र एमएसएस स्कोर ४० प्रतिशतभन्दा कम आएमा २५ प्रतिशत भत्ता पाउने व्यवस्था गरिएको छ ।

यो कार्यक्रम लागू भएका अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले निःशुल्क स्वास्थ्य बिमा, निरन्तर व्यवसायिक क्षमता अभिवृद्धि तालिम र वार्षिक १ लाखदेखि १० लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने छ । कार्यविधि अनुसार विस्तारित अस्पताल सेवा कार्यक्रमलाई पनि अगाडि बढाइनेछ । विस्तारित सेवा प्रदान गर्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलाई सो कार्यक्रम सञ्चालनबाट प्राप्त प्रत्यक्ष खर्च कटाएर प्राप्त आम्दानीको २० प्रतिशत सम्बन्धित स्वास्थ्य संस्थालाई छुट्याएर अन्य ८० प्रतिशत अतिरिक्त भत्ता दिने उल्लेख छ ।

सिफारिस

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन्।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्। राष्ट्रपति रामचन्द्र...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

धेरै पढिएको