देशभर २०१६ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।
यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् ।
